श्वेतपत्र लेखनको काम अगाडी बढ्यो, श्रेष्ठ र उप्रेतीले पाउनुभयो जिम्मा


बैंकिङ खबर/सरकारले अर्थतन्त्रकाबारे स्वेतपत्र जारी गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको विस्तृत अवस्था चित्रण हुने गरी सरकारले स्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले केही दिनभित्रै स्वतेपत्र जारी गर्ने बताउनुभएको छ ।
श्वेतपत्र तयार पार्नका लागि उहाँले दुई जना विज्ञलाई जिम्मा दिनुभएको छ । योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र अर्थशास्त्री डा. सुरेन्द्र उप्रेतीको समूहले श्वेतपत्र लेखनको काम शुरु गरेको छ ।
पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले पनि अर्थ मन्त्रालयको बागडोर सम्हालेपछि अघिल्लो सरकारका पालामा बनेको अर्थतन्त्रको विषयमा स्वेतपत्र सार्वजनिक गर्नुभएको थियो ।


सोसिअल मेडिया