July 21st, 2021

बैंकका कर्मचारीलाई ५ महिनासम्मको बोनस !

बैंकिङ खबर/ बैंकहरुले अघिल्लो वर्षको हिसाबकिताब असार मसान्तमा सक्ने गर्दछन् । त्यसपछि अनुमानित नाफाका आधारमा केही बोनस साउन १ गते दिने गर्दछन् । अनि बाँकी रहेको बोनस साधारणसभा सकेपछि दिन्छन् । बैंक वित्तमा एउटा भनाइ पनि प्रचलित छ कि, ‘बैंकका कर्मचारी वर्षको दुई दिन मात्र खुसी देखिन्छन् ।’

सुविधाबाट ऋण लिएका कारण तलब काट्टिएर आउँछ । त्यसैले उनीहरु अरुबेला खुसी हुँदैनन् । तर, साउन १ गते र साधारणसभा सकिएको साँझ उनीहरु खुसी हुने गरेको बैंकिङ क्षेत्रका कर्मचारीबीच ठट्टा हुने गर्दछ । कारण, बैंकहरुले अघिल्लो वर्षको हिसाबकिताब असार मसान्तमा सक्छन् । त्यसपछि अनुमानित नाफाका आधारमा केही बोनस साउन १ गते दिन्छन् । अनि बाँकी रहेको बोनस साधारणसभा सकेपछि दिन्छन् । त्यही भएर बैंकका कर्मचारी वर्षको दुई दिन खुसी हुन्छन् भन्ने ’जोक’ स्थापित भएको हो ।

यस वर्ष पनि गत आर्थिक वर्षको अन्त्यसँगै नयाँ आर्थिक वर्षको शुरुवातमा केहि बैंक, वित्तीय संस्थाले कर्मचारीलाई बोनश बाँडेका छन् । केहीले भने अझै ब्याज उठाउने समय बाँकी रहेकाले त्यसपछि मात्र हाल्ने तयारी गरेका छन् । केहीले भने साधारणसभा सकेपछि दिने तयारी गरेका छन् । हालसम्म नबिल बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, नेपाल एसबीआइ बैंकले नाफाबाट कर्मचारीलाई बोनस बाँड्ने भएका छन् । नबिल बैंकले पाँच महिनाको बाँड्दैछ भने नेपाल बंगलादेश, कुमारीले ३/३ महिनाको बाँड्दैछन् ।

राष्ट्र बैंकको नीतिगत व्यवस्थाले सहज

राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनश बाँड्न पाउने नीतिगत व्यवस्था मिलाइदिएपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस वितरण गर्न थालेका हुन् । मौद्रिक नीतिले सेयरधनीलाई दिने लाभांशमा दायरा तोकेपनि कर्मचारीको बोनशमा भने हस्तक्षेप नगरेपछि बोनश ऐनअनुसार बैंकहरुले कर्मचारीलाई बोनश वितरण गरेका हुन् ।
बोनश ऐन अन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनश कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई बोनश वितरण गर्छन् ।

अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनशलाई किस्ता/किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको पहिलो साताभित्र र केही बैंकहरुले दशैमा र वार्षिक साधारणसभामा बोनश वितरण गर्छन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]