Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुकाे लगानी: कुल कर्जाको १५ प्रतिशत घरजग्गा र सवारी साधनमा

२०७८ असार २५ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको १५ प्रतिशत कर्जा घरजग्गा र सवारी साधनमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको मासिक विवरण अनुसार यस्तो पाइएको हो ।
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले जेठ अन्तिमसम्ममा कुल ४० खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा २ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा आवासिय व्यक्तिगत घर कर्जा लगानी गरेका छन । यस्तै १ खर्ब ८० अर्ब रुपैयाँ रियल स्टेट अर्थात घर कर्जामा लगानी गरेका छन् । विशेषगरी यो कर्जा घर निर्माणको लागि दिइन्छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ६४ करोड रुपैयाँ हायर पर्चेज अर्थात सवारीसाधन कर्जामा लगानी गरेका छन् ।

बैंकहरुले रियल स्टेट कर्जा घर जग्गा खरिद गर्नको लागि प्रदान गर्ने गर्छन् भने सवारी साधन खरिदको लागि हायर पर्चेज कर्जा दिने गर्छन् । त्यस्तै केन्द्रीय बैंकले आवासीय घर निर्माणको लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । यसलाई बैंकहरुले आवासिय व्यवक्तिगत घर कर्जाको रुपमा प्रवाह गर्छन् ।
जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ३६ खर्ब ४१ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा रियल स्टेट कर्जा २ खर्ब ३५ अर्ब रुपैयाँ छ भने हायर पर्चेज कर्जा १ खर्ब ५५ अर्ब र आवासिय व्यक्तिगत घर कर्जा १ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै चालु आर्थिक वर्षको ११ महिनामा रियल स्टेट कर्जा ९.६० प्रतिशतले बढेको छ भने आवासिय व्यक्तिगत घर कर्जा ११.८६ प्रतिशतले बढेको छ । हायर पर्चेज कर्जा भने गत ११ महिनामा ५.५६ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

Ad