Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसीको मुख्य प्रायोजकमा आइएमई पे

२०७८ असार २३ गते

बैंकिङ खबर । वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेसनलवीच सम्झौता भएको छ । सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सतहत्तरै जिल्लामा संचालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रमको मूख्य प्रायोजकमा आइएमई पे रहने छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले यो कार्यक्रम देशका सवै क्षेत्रमा वित्तीय साक्षरता पु¥याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो भने मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले आइएमईसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो । आइएमई ग्रुपमा प्रवक्ता राजु पौडेलले नेपाल सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रममा सहभागी भएको बताउनुभयो । भर्चुअल माध्यमबाट संचालन हुने यस्ता कार्यक्रममा प्रशिक्षण प्रदान गर्नका लागि आइएमईले तालिम तथा प्रशिक्षण विभागका प्रमुख माधव कटुवाललाई जिम्मेवारी दिएको छ । फाइनान्सियल डिजिटलाइजेशन कार्यक्रम विगत ७ बर्षदेखि नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा संचालन हुँदै आएको वित्तीय जागरण राष्ट्रिय अभियानकार्यक्रमको परिवर्तित स्वरुप हो । यस कार्यक्रमको गत जेष्ठ २३ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समुद्घाटन गर्नुभएको हो । नयाँ आर्थिक बर्षसँगै कार्यक्रम देशका ७ वटै प्रदेशमा संचालन हुने छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा 
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ ।

‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ के हो ?

यो कार्यक्रम पूर्णतया डिजिटल कारोबारलाई बढाउने र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्ने कार्यक्रम हो । ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ वित्तीय साक्षरता, वित्तीय पहुँचका साथै बैंकिङ कारोबार, सबै आर्थिक कारोबार, रेमिट्यान्स कारोबार, विलिङ, टिकेटिङ आदिलाई डिजिटलाइजेशन बनाउन सहयोग पु¥याउने कार्यक्रम हो । यस कार्यक्रममा विभिन्न सम्बन्धित स्रोत व्यक्ति (राष्ट्र बैंक, बैंक वित्त, क्यूआर, वालेट, टेक्नोलोजीसँग सम्बन्धित) स्रोत व्यक्तिले फाइनान्सियल डिजिटलाइजेशनका बारेमा आम–नागरिकले बुझ्ने र उनीहरुलाई डिजिटल फाइनान्सको प्रयोग गर्न सक्ने बनाउनका लागि विभिन्न कार्यक्रम संचालन हुने छ । यो कार्यक्रम विगत ६ बर्षदेखि नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा संचालन हुँदै आएको वित्तीय जागरण राष्ट्रिय अभियान अन्तरगतको परिवर्तित नयाँ स्वरुपको कार्यक्रम हो । ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ पूर्णतया डिजिटल कारोबार र फाइनान्सियल डिजिटलाइजेशन प्रयोगार्थ कार्यक्रम हो । यस अन्तर्गत डिजिटल बैंकिङ, बैंकिङ टेक्नोलजीमा प्रयोग हुने सबै प्रकारका टेक्नोजोजीहरु, आधुनिक मेसिन सिष्टमहरु, बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त तथा सहकारी क्षेत्रमा भित्रिएका टेक्नोलोजीहरुको प्रयोग अभिबृद्धिमा यो कार्यक्रम सहयोगी हुने छ । साथै रेमिट्यान्स सेवालाई डिजिटलाइजेशन गर्ने एवं ई–कमर्शलाई व्यापकता दिने कार्यमा यस कार्यक्रम सहयोगीसिद्ध हुने छ । आर्थिक पुनरुत्थानसँगै डिजिटल कारोबारमा नेपाल राष्ट्र बैंकले लिएको लक्ष्यलाई सार्थकता दिनका लागि बैंक, वित्त तथा राष्ट्र बैंकबाट इजाजत प्राप्त विभिन्न कम्पनीहरुको प्रबद्र्धन गर्दै स्वच्छ प्रतिस्प्रर्धात्मक भावनाको विकास गराउने कार्यक्रमको प्रयत्न रहने छ ।

उद्यमी व्यबसायी र विधार्थीमा लक्षित कार्यक्रम
पहिलो चरण : प्रत्येक जिल्लामा रहेका स्थानीय उद्यमी र व्यवसायीहरुलाई लक्षित गरी बैंक, वित्त तथा सहकारी संस्थाहरुको समन्वयनमा स्कूल कलेजका प्रिन्सिपलहरु, उद्यमीहरु, व्यावसायिक ग्रुपहरु र स्थानीय जनप्रतिनिधिहरुसमेतको उपस्थितिमा जुममार्फत फाइनान्सियल डिजिटलाइजेशनको प्रयोग अभिबृद्धि बारे कार्यक्रम संचालन गरिने छ । जसमा वित्तीय साक्षरता अभिबृद्धि, बैंकिङ पहुँच अभिबृद्धि, खाता संचालन, बैंक, वित्तका सेवाहरु, रेमिट्यान्स सेवा, कर्जा लिने दिनेलगायतका कार्यमा फाइनान्सियल डिजिटलाइजेशन अवलम्बन गराइनेछ । त्यसका लागि डिजिटल कारोबार गर्न सक्नेगरी प्रशिक्षण संचालन गरिनुका साथै ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ अन्तर्गत तयार गरिएको प्रत्येक व्यक्तिले बुझ्ने र कार्यान्वयन गर्न सक्ने सरल भाषाको भिडियो, अडियो तथा लिखित सामग्री डिजिटल माध्यमबाट उपलव्ध गराई जनचेतना बृद्धि गर्न लगाइने छ । यो चरणमा स्थानीय व्यबसायी तथा उद्यमीहरुलाई डिजिटल कारोबार गर्न सक्नेगरी प्रशिक्षण गराइने छ ।

दोस्रो चरण  : प्रत्येक स्थानीय तहका जनप्रतिनिधिसहित त्यहाँ संचालनमा रहेका बैंक, वित्त, लघुवित्तसँगको समन्वयनमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ को कार्यक्रम संचालन गरिने छ । यस कार्यक्रमलाई विद्यार्थी वर्गमा फोकस गरिने छ । स्कूल तथा कलेजका कक्षा ९ देखि व्याचलर्ससम्म अध्ययन गरिरहेका विद्यार्थीका लागि यो कार्यक्रम अघि बढाइने छ । जसमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, बैंकर्स तथा फाइनान्सियल डिजिटलाइजेशनसँग जोडिएका विज्ञहरुको उपस्थितिमा स्थानीय तहका विद्यार्थीलाई सहभागी गराई ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ संचालन गरिने छ । जसमा वित्तीय साक्षरता, उद्यमशीलता एवं फाइनान्सियल डिजिटलाइजेशनको प्रयोगका बारे प्रत्यक्ष रुपमा जागरणयुक्त कार्यक्रमहरु पर्नेछन् । यसमा प्रशिक्षण, अन्तरक्रिया संचालन गरिनुका साथै फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ का लागि तयार पारिएका (भिडियो, अडियो तथा लिखित) सामग्रीहरु उपलव्ध गराइने छ । यो चरणमा विद्यार्थीहरुलाई डिजिटल कारोबार गर्न सक्नेगरी प्रशिक्षण संचालन गरिने छ ।

यस कार्यक्रमको लक्षमा रहेर नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु र डिजिट क्षेत्रबाट गरी ३५ जना स्रोत व्यक्ति परिचालन हुनुहुने छ । 

Ad