Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्तो छ सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा परेको रिट(पूर्णपाठसहित)

२०७८ असार २२ गते


बैंकिङ खबर/आन्दोलनरत बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषकोविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन्।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले कर्मचारीहरुलाई जबरजस्ती आवद्ध गराउन खोजेको भन्दै उनीहरुले त्यसविरुद्ध मुद्दा दायर गरेका हुन्।
जबरजस्ती आवद्ध गराउने र आवद्ध नभएमा जरिवाना गर्ने जस्ता कार्य नगर्नु नगराउनु भनी परमादेश लगायत उपयुक्त निर्देशन सहितको आदेश जारी गरिपाऊँ’ कर्मचारीहरुले सर्वोच्च अदालतसँग माग गरेका छन्।

सामाजिक सुरक्षाको नाममा कोषको कार्यालयले नेपाल बैंकर्स संघलाई सूचिकृत गराइदिनु हुन भनी गरिएको पत्राचार गैरकानूनी रहेको आरोप कर्मचारीले लगाएका छन्।

सूचिकृत नभएमा लाग्दै नलाग्ने ऐन लगाई बैंकहरूलाई कारवाही गर्ने भनी विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचार लगायतका काम कारवाही गर्ने निर्णय समेत गैरकानूनी रहेको भन्दै तिनलाई बदर गराउन माग गरिएको छ।

हेर्नुहोस् पूर्णपाठ

Ad