हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २२० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । जसअनुसार, कम्पनीको एक कित्ता सेयर हुने लगानीकर्ताले दुई दशमलव दुई कित्ताको दरले आवेदन दिन पाउने छन् ।
सो निर्णय औपचारिक रुपमा पारित गर्नका लागि कम्पनीले असोज ७ गते साधारसभा बोलाएको छ । सो साधारसभाले पारित गरेपछि मात्रै कम्पनीको हकप्रद निष्काशनको प्रक्रिया अघि बढ्नेछ ।
हाल कम्पनीको ३२ लाख १० हजार ५२ कित्ता सेयर नेप्सेमा सुचिकृत छ । हकप्रद सेयर वितरण पश्चात कम्पनीको सेयर संख्या एक करोड दुई लाख कित्ता र चुक्ता पुँजी एक अर्ब दुई करोड रुपैयाँ नाघ्नेछ ।