Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यी १० संस्थाले पाए राष्ट्र बैंकबाट मर्जरको स्वीकृति

२०७८ असार १७ गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको छ । केन्द्रीय बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यी बैंक तथा वित्तीय संस्थालाई १ महिनाभित्रै एकीकृत कारोबार गर्ने गरी अन्तिम स्वीकृति दिएको हो ।

मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति पाउनेमा २ वटा वाणिज्य बैंक, ४ वटा फाइनान्स कम्पनी र ४ वटा माइक्रोफाइनान्स कम्पनी हुन् ।
सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न, नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न, सिवाइसी लघुवित्तले शालिग्राम लघुवित्तलाई, नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई र नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तले लाई प्राप्तिको अन्तिम स्वीकृति पाएका हुन् ।

Ad