Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा बैंक, वित्तका कर्मचारी

२०७८ असार १६ गते

बैंकिङ खबर/सामाजिक सुरक्षा कोषकोविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित बनेका छन् । असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि उनीहरुले आन्दोलन शुरु गरेका हुन् । उनीहरुले बिहान कार्यालय खुल्ने बेलामा बिरोधको कार्यक्रम सुरु गरेका हुन्। आन्दोलन माछापुच्छ्रे बैंकबाट सुरु भएको छ। माछपुच्छ्रेसँगै नेपाल बंगलबादेश (एनबी) बैंक, नबिल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिभिल बैंकमा सुरु भइसकेको छ ।

बाँकी संस्थाले पनि बिहीबारबाट सुरु गर्ने सम्बन्धित बैंकका वित्तीय संस्थाका युनियनहरुले जानकारी दिएका छन्। बैंकका कर्मचारीहरु पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आउन भनिएपछि उनीहरु आन्दोलित भएका हुन्।

Ad