Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाली नोट छाप्न विदेशी १० कम्पनी अयोग्य

२०७८ असार ८ गते

बैंकिङ खबर/नेपाली नोट छाप्न विदेशी १० कम्पनी अयोग्य बनेका छन् । नेपाल राष्ट्र बैंकले नेपाली नोट छपाइको लागि गरेको आह्वानमा विभिन्न देशका कम्पनीहरुले आवेदन दिएका थिए ।
तर ती सबै कम्पनीहरु आवेदनको पहिलो चरण नै पार गर्न नसकेको नेपाल राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता देवकुमार ढकालले आवेदन दिने कम्पनीहरुको छनोट प्रक्रियामा जाँदा सबै कम्पनीहरु अयोग्य देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘प्रारम्भिक चरणमा हामीले कम्पनीको डकुमेन्टहरु मागेका थियौं तर कुनै पनि कम्पनीले हामीले चाहेको जस्तो डकुमेन्ट पेश गर्न सकेनन् । उनीहरुले त्यो डकुमेन्ट देखाउन नै नसक्ने अवस्था थियो वा विविध कारणले देखाउन सकेनन् । त्यो अर्को कुरा भयो तर हामीले चाहे जस्तो डकुमेन्ट पाउन नसकेपछि नोट छपाइको आह्वान नै रद्द गरिदिएका छौं ।’

ती आवेदन दिने कम्पनीको नाम राष्ट्र बैंकले गोप्य राखेको छ । ती कम्पनीहरु भारत, चीन, फ्रान्स, अमेरिकाका रहेका छन् ।
सबै प्रकारको नोट छपाइ आपूर्ति र वितरणका लागि राष्ट्र बैंकले गत चैत २० गते ४५ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो ।
नोट छपाइका लागि १० वटा कम्पनीले आवेदन दिएका थिए ।

उक्त बोलपत्रमा पेश भएका आवेदन रद्द भएपनि पुनः केही समयपछि बोलपत्र आह्वान गरिनेछ ।
हाल राष्ट्र बैंकमा २ खर्ब रुपैयाँ नोट स्टकमा छ भने ६ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ बराबरको नोट चलनचल्तीमा छ ।

Ad