निषेधाज्ञा – अब के हुने ? प्रष्ट कुरा नआउँदा अन्यौलता बढ्यो !
२०७८ असार ६ गते
बैंकिङ खबर/ गत बैशाख १६ देखि जारी निषेधाज्ञा अब के हुने भन्ने बारे प्रष्ट कुरा नआउँदा अन्यौलता बढेको छ । जोर बिजोरका आधारमा सवारी साधन चलाउने वा नीजि स्तरका सवारी मात्र चाउने भन्नेमा सरकारनै अलमलमा परेको देखिएको छ । निषेधाज्ञाबारे शनिबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको बैठक बसेपनि ठोस निर्णय भएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसबारेमा आइतबारसाँझ सम्म निषेधाज्ञाको मोडालिटीबारे टुंगो लाग्ने छ । पराजुलीका अनुसार हालसम्म ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय अघि सारीएको छ । तर यसमा के के संचालन हुने भन्नेमा टुंगो लागीसकेको छैन ।