Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरेका नवनियुक्त संचालकहरुको सपथ ग्रहण

२०७८ असार ४ गते


बैंकिङ खबर/काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त संचालकहरुले शुक्रबार सपथ ग्रहण गरेका छन् । संस्थापक समूहको रिक्त रहेको संचालकमा जनक बोहरा तथा स्वतन्त्र संचालकमा प्रविण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरी संचालक समितिले नियुक्त गरेको हो ।
संस्थाको केन्द्रीय कार्यालय बनेपामा संस्थाका अध्यक्ष टेकबहादुर बोहराले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । नवनियुक्त संचालक बोहरा सशस्त्र प्रहरी वल बरिष्ठ प्रहरी उपरीक्षक अवकाश प्राप्त हुनुहुन्छ भने प्रविण भट्टराई नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त हुनुहुन्छ ।
केन्द्रीय कार्यालयमा विभागिय प्रमुखहरु, कार्यकारी अधिकृतहरु तथा संचालकहरु सञ्जू घिमिरे लगायतले नवनियुक्त संचालकहरुलाई स्वागत गरेका थिए । सपथ ग्रहण कार्यक्रममाअध्यक्ष टेकबहादुर बोहराले नयाँ नियुक्त भएका संचालकहरुको लामो समयको अनुभव र क्षमताले संस्थालाई अझ बलियो बनाएर अगाडी बढाउन सफलहुने बताउनु भयो । त्यस्तै नवनियुक्त संचालकद्धय जनकबोहरा र प्रविण भट्टराईले मिर्मिरे परिवारले आफूहरुलाई विश्वास गरेर संचालक समितिमा नियुक्ति दिएकोमा आभारी रहेको र आफ्नो क्षमताले सदैव संस्थालाई अगाडी बढाउन सहयोग रहने बताउनुभयो ।