Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जीवन बीमा पोलिसीमा एकरुपता ल्याउन मार्गदर्शन ल्याइँदै

२०७८ असार ३ गते


बैंकिङ खबर/बीमा समितिले जीवन बीमा पोलिसीमा एकरुपता कायम गर्न ‘बीमालेख सम्बन्धी मार्गदर्शन’ ल्याउने भएको छ । कम्पनीहरुले आफुखसी पोलिसी तयार पार्दा एकरुपता नदेखिएपछि मागर्दशन ल्याउन लागिएको हो । सो मार्गदर्शनले कम्पनीहरुलाई ल्याउने पोलिसीहरु अन्तर्राष्ट्रिय स्तरको बनाउन सहयोग गर्ने अपेक्षा राखिएको छ ।

जीवन बीमा पोलिसीमा कभरेज गर्नु पर्ने न्युनतम मापदण्डहरु, सर्तहरु, लागु हुने प्रतिवन्धात्मक व्यवस्थाहरु, पहुँच लगायतका कुराहरु उल्लेख हुनेछ । कम्पनीहरुले बीमालेख तयार पार्दा बजारको अध्ययन गर्नु पर्नेछ । त्यस्तै लागत लाभ विश्लेषण, जोखिमको पहिचान, आकलन तथा न्यूनिकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना तयार पार्नु पर्नेछ । साथै कम्पनीहरुले तीन वर्षको वित्तीय प्रक्षेपण समेत गर्नु पर्ने व्यवस्था रहने बीमा समितिले जनाएको छ ।

Ad