June 14th, 2021

एक सातामा निक्षेप १३ अर्बले बढ्दा कर्जा ८ अर्बले बढ्यो

बैंकिङ खबर/ जेठ दोस्रो सातायता बैंकहरूमा कर्जा लगानी भन्दा निक्षेप संकलन बढी हुन  थालेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार जेठ दोस्रो र तेस्रो सातामा बैंकहरुको निक्षेप २५ अर्बले बढ्दा कर्जा लगानी १६ अर्ब रुपैयाँले मात्रै बढेको छ।

पछिल्लो एक सातामा  बैंकहरूको निक्षेप १३ अर्ब र कर्जा ८ अर्ब रुपैयाँले बढेको छ। लकडाउनको काररण बैंकहरुको कर्जा लगानी केही सुस्ताएको छ यसले गर्दा कर्जाको तुलनामा निक्षेपको बृद्धिदर धेरै देखिएको हो।

जेठ २८ गतेसम्ममा बैंकहरूले कुल २९ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३६ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। जेठ २८ गतेसम्ममा २७ वाणिज्य बैंकको औषत सिसिडि अनुपात ७८.८५ प्रतिशत कायम भएको संघले जनाएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]