June 13th, 2021

बैंक, वित्तीय संस्था सञ्चालनमा हालकै व्यवस्थालाई निरन्तरता

बैंकिङ खबर/ काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्था सञ्चालमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको छ ।

बैठकले जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेपनि बैंक तथा वित्तीय संस्था सञ्चालनमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिएको हो । हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।
साथै बीमा समिति तथा बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी न्यूनतम २० प्रतिशत जनशक्ति मात्रै काममा खटाउने गरी काममा बोलाउन पाउनेछन् । साथै सहकारी तथा रेमिट कम्पनीहरुको हकमा सातामा २ दिन आइतबार र बिहीबार मात्रै सञ्चालन हुनेछन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]