
बैंकिङ खबर/मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत(सीइओ) कुमार याक्सोले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट स्वेच्छिक अवकाश लिने भन्दै राजीनामा दिएका हुन् । कम्पनीको जेठ ११ गते बसेको संचालक समितिको बैठकले २०७८ साउन १ गतेदेखि लागु हुने गरी उनको राजीनामा स्वीकृत गरेको छ ।
कम्पनीको जेठ २९ गते बसेको संचालक समितिको बैठकले राजेन्द्र प्रसाद न्यौपानेलाई असार १ गतेदेखि लागु हुने गरि निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ । न्यौपाने हाल संस्थामा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा छन् ।
त्यस्तै कम्पनीको स्वतन्त्र संचालकमा प्रविण भट्टराई नियुक्त भएका छन् ।