सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा पक्राउ


बैंकिङ खबर/काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डडेलधुरा सेतीवेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन् । उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजारसहित पक्राउ गरेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सोसिअल मेडिया