नेपाल सरकारले गरेको आर्थिक वृद्धिको लक्ष्य सम्भव छैन : विश्व बैंक

बैंकिङ खबर । विश्व बैंकले नेपाल सरकारद्धारा गरिएको आर्थिक बृद्धिदर प्रक्षेपण सक्भव नभएको बताएको छ । नेपाले चालु र आगामी आर्थिक वर्षका लागि गरेको आर्थिक वृद्धिदरको प्रक्ष्येपणको लक्ष्य पूरा नहुने उसको ठहर छ ।

विश्व बैंकले नेपालको अनुमान भन्दा आधा मात्रै आर्थिक वृद्धि सम्भव रहेको जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’ रिपोर्टमा सो कुरा उल्लेख छ । चालु आर्थिक वर्ष २०७७ /७८ का लागि २।७ प्रतिशत मात्रै आर्थिक वृद्धिदर सम्भव भएको जनाइएको छ । नेपालले चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धिदर र २०७८/७९ का लागि ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको हो । विश्व बैंकले आगामी २०७८/७९ आर्थिक वर्षका लागि नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत अनुमान गरेको छ ।


सोसिअल मेडिया