
बैंकिङ खबर/ खल्ती डिजिटल वालेटले खल्ती खाता बैंक लिंक गरेमा एक सय बोनस रकम पाउने अफर ल्याएको छ । जोकोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यो सेवा मार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको हो ।
खल्ती बैंक डायरेक्ट सेवा मार्फत पहिलो पटक आफ्नो बैंक अकाउन्ट लिंक गर्ने प्रयोगकर्ताहरुले तुरुन्तै आफ्नो खातामा एक सय प्राप्त सक्नेछन् । बैंक लिंक घरमै बसी सुरक्षित तवरले आफैले गर्न सकिन्छ। यसका साथै उक्त लिंक गरिएको बैंक अकाउन्टबाट खल्तीमा बिना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी केहि सेकेण्ड भित्रै गर्न सकिने भएको छ । बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी झन्झटरहित तरिकाले गर्न यो सेवाको लाभ लिन सकिन्छ ।
आफ्नो बैंक अकाउन्ट खल्ती सँग लिंक ३ सरल स्टेप्समा गर्न सकिन्छ । यसका लागि खल्ती को होम स्क्रिनमा देखाइएको “लिंक बैंक नाउ” मा गई आफ्नो बैंक सेलेक्ट गर्नपर्ने हुन्छ । त्यसपश्चात आवश्यक सबै विवरणहरु भरि “सब्मिट” बटनमा थिचेपछि रजिस्टर गरिएको मोबाइल मा ओटिपी पासवोर्ड पाइन्छ । उक्त पासवर्ड राखिसकेपछि आफ्नो खल्ती खातासँग बैंक लिंक सफलतापूर्वक गर्न सकिन्छ ।