June 8th, 2021

विदेशी लगानीको लागि अब राष्ट्र बैंकको स्वीकृति नचाहिने


बैंकिङ खबर/नेपालमा विदेशी लगानीका लागि अब नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले विदेशी लगानीलाई सहजिकरण गर्दै केन्द्रीय बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ ले विदेशी लगानी भित्राउनको लागि सहजिकरण गरेको हो ।

विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य नहुँने व्यवस्था विनियमावलीले गरेको छ । राष्ट्र बैंकले विदेशी लगानी भित्राउने र लैजाने प्रक्रियालाई सहजिकरण बनाएको हो । यसले विदेशी लगानी भित्राउनको लागि थप सहज हुने अपेक्षा राखिएको छ ।

हेर्नुहोस् पूर्णपाठ

FXMD-Circular-NRB-Foreign-Investment-and-Loan-Mgt-Bylaw-2078

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]