
बैंकिङ खबर/ उदयपुरकाे त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ का भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोर रहेका छन् ।
एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । तोडफोडमा संलग्न अन्य व्यक्तिहरुको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।