सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइनः गभर्नर अधिकारी


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा व्यवस्था गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र देखाएर मात्रै २५ लाख ऋण नपाउने स्पष्ट पार्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले ‘बजेट कार्यान्वयनः चुनौती र समाधान’ का विषयमा सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भन्नुभयो, ‘शैक्षिक कर्जाको लागि सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइन। यसको लागि भरपर्दो व्यवसायिक योजना आवश्यक हुन्छ। त्यस्तो योजना भएमा त्यसको अध्ययन गरेर मात्रै आवश्यक रकम दिने सकिन्छ।’
राम्रो व्यवसायिक योजनासहित आवेदन पेश गरेर उद्यमशिलता दर्शाउन सक्नेहरुलाई एक प्रतिशत ब्याजदरमा प्रमाणपत्र परियोजना राखेर ऋण दिन भने कुनै समस्या नहुने उहाँको भनाइ छ ।

त्यस्तै, गभर्नर अधिकारीले तरलताको उचित व्यवस्थापन र ब्याजदर स्थिरताका लागि नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिलाई केन्द्रित गर्ने पनि बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि यो प्रयास गर्ने उहाँको भनाइ छ । सधैँँ यहि अवस्थाको तरलता नरहेपनि केन्द्रिय बैंकले तरलता र ब्याजदरलाई स्थिरता दिन चाहेको उहाँले बताउनुभयो ।


सोसिअल मेडिया