May 30th, 2021

विकास बैंक र फाइनान्स कम्पनी गाभ्ने वाणिज्य बैंकले लाभकर छुट नपाउने

बैंकिङ खबर/ ‘बिग मर्जर’मा जाने बैंक तथा वित्तीय संस्थाले मात्र पूँजीगत लाभकर तथा लाभांश करमा छुट पाउने भएका छन् ।
अर्थमन्त्री बिष्णु पौडेलले बजेटसँगै ल्याउने आर्थिक अध्यादेशमा ठूला संस्थाले साना वित्तीय संस्थालाई गाभेर पाउँदै आएको छुट रकमलाई हटाएका हुन् ।
आर्थिक अध्यादेशमा उस्तै प्रकृतिका संस्थाहरु मर्ज भएमा मात्र पूँजीगत लाभकर तथा लाभांश करमा छुट दिने उल्लेख गरिएको छ ।

नयाँ व्यवस्था अनुसार वाणिज्य बैंक र वाणिज्य बैंक मर्जर भएमा यस्तो छुट हुनेछ । यस्तै विकास बैंक र विकास बैंक तथा फाइनान्स कम्पनी र फाइनान्स कम्पनी मर्ज भएमा मात्र छुट हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]