
बैंकिङ खबर/अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनमा कुनै आशंका नगर्न आग्रह गर्नुभएको छ ।
आइतबार सिंहदरबारमा पत्रकार सम्मेलनमा मार्फत सरकारले जारी गरेको बजेटमाथि आशंका उत्पन्न भएपनि यो बजेट कार्यान्वयमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले भोलीदेखि नै सम्बन्धित मन्त्रालयहरुसँग योजना र कार्यान्वयनका आधारमा छलफल अघि बढाउने र बजेटको कार्यान्वयनलाई तीव्रता दिने बताउनुभयो ।