
बैंकिङ खबर/पछिल्लो पाँच वर्षको अवधिमा वाणिज्य बैंकहरुको चुक्ता पुँजी २ खर्ब २७ अर्ब रुपैयाँले बढेको छ । यो सबै बैंकको औसतमा ३०४ प्रतिशत वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने पर्ने व्यवस्था गरेकाे थियो । उक्त आर्थिक वर्षमा १ खर्ब रुपैयाँ पनि चुुक्ता पुँजी नपुगेका अर्थात् ९१ अर्बमा सीमित रहेका वाणिज्य बैंकहरुको हाल ३ खर्ब १९ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएका छन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने व्यवस्था गरेपछि बैंकका प्रवद्र्धक, सञ्चालक र उच्च व्यवस्थापक राष्ट्र बैंकप्रति केही रुष्ट पनि बनेका थिए । राष्ट्र बैंकले २ वर्ष भित्र न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन निर्देशन मात्रै दिएन ८ अर्ब रुपैयाँ पुँजी नपुर्याउने बैंकलाई कारवाही गर्ने चेतावनी समेत दिएकाे थियो ।
राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था गर्ने समयमा नेपालमा वाणिज्य बैंकहरुको संख्या ३० थियो । अहिले त्याे संख्या २६ (हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरलाई लिँदा) मा कायम भएको छ ।
तत्कालिन गभर्नर चिरञ्जिवी नेपालले राष्ट्र बैंकले पुँजी नपुर्याउने बैंकिङ क्षेत्रलाई फोर्स मर्जर वा एक्विजिसनमा पठाइने बताउनुभएको थियो । उक्त कारणले पनि बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिसनमा गएर चुक्ता पुँजी उल्लेख्य रुपले बढाउन दवावमा पुगेको थियो ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७४ मा तोकेको समयमा पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह गर्न रोक लगाएको थियो । त्यतिबेला राष्ट्र बैंकले चुक्ता पुँजी नपुर्याउने बैंकले नगद लाभांश वा बोनस सेयर घोषणा तथा शाखा विस्तार गर्न नपाउने समेत व्यवस्था गरेको थियो । हाल नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय तथा मर्जर÷एक्विजिसनको विषयलाई प्राथमिकताका साथ हेरिरहनुभएको छ ।
उहाँले पनि बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्विजिसनमा जान बाध्य बनाउनको लागि अझै चुक्ता पुँजी बढाउनुपर्ने व्यवस्था गर्न सक्ने सम्भवना देखिन्छ ।
अहिले वाणिज्य बैंकहरु राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापुँजीको तुलनामा धेरै माथि उठिसकेको अवस्था छ । एभरेष्ट बैंक, सिभिल बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक ८ अर्बभन्दा बढी र ९ अर्बभन्दा तलको रेसियोमा छन् ।
कसको पुँजी कति ?

हाल ग्लोवल आईएमई बैंक, कृषि विकास बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक बढी चुक्ता पुँजी हुने बैंकको टप फाइभमा छन् ।
यो अवधिमा सबैभन्दा बढी चुक्ता पुँजी बढाउने बैंक भने एनएमबि बैंक बनेको छ । एनएमबि बैंकले २ अर्ब ४० करोड रुपैयाँबाट ५८० प्रतिशतले चुक्ता पुँजी बढाउँदै १६ अर्ब ३२ करोड रुपैयाँ कायम गरेको छ । यो अवधिमा सबैभन्दा कम चुक्ता पुँजी बढाउने बैंक भने राष्ट्रिय वाणिज्य बैंक रहेको तथ्यांकले देखाउँछ । राष्ट्रिय वाणिज्य बैंकले यो ५ वर्षको समयावधिमा ७ प्रतिशतले मात्रै चुक्ता पुँजी बढाएको छ । बैंकले ८ अर्ब ५८ करोड रुपैयाँबाट ७ प्रतिशतले चुक्ता पुँजी बढाएर ९ अर्ब १८ करोड रुपैयाँ कायम गरेको छ ।
तथ्यांक अनुसार ग्लोबल आईएमई बैंकले ५ अर्ब १ करोड रुपैयाँबाट ३३२ प्रतिशतले चुक्ता पुँजी बढाउँदै २१ अर्ब ६३ करोड रुपैयाँ कायम गरेको छ । कृषि विकास बैंकले ९ अर्ब ६३ करोड रुपैयाँबाट ७१ प्रतिशतले चुक्ता पुँजी बढाउँदै १६ अर्ब ४२ करोड रुपैयाँ कायम गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ७७ करोड रुपैयाँबाट २४१ प्रतिशतले चुक्ता पुँजी बढाउँदै १६ अर्ब २६ करोड रुपैयाँ कायम गरेको छ । प्राइम कमर्शियल बैंकले ३ अर्ब १४ करोड रुपैयाँबाट ४१२ प्रतिशतले चुक्ता पुँजी बढाउँदै १६ अर्ब ८ करोड रुपैयाँ कायम गरेको छ ।
मेगा बैंकले २ अर्ब ६० करोड रुपैयाँबाट ४६३ प्रतिशतले चुक्ता पुँजी बढाउँदै १४ अर्ब ६५ करोड रुपैयाँ कायम गरेको छ ।
कुमारी बैंकले २ अर्ब ४३ करोड रुपैयाँबाट ४७१ प्रतिशतले चुक्ता पुँजी बढाउँदै १३ अर्ब ८७ करोड रुपैयाँ कायम गरेको छ ।
नविल बैंकले ६ अर्ब ४६ करोड रुपैयाँबाट २१० प्रतिशतले चुक्ता पुँजी बढाउँदै १३ अर्ब ४८ करोड रुपैयाँ कायम गरेको छ ।
नेपाल बैंकले ६ अर्ब ४६ करोड रुपैयाँबाट ९६ प्रतिशतले चुक्ता पुँजी बढाउँदै १२ अर्ब ६३ करोड रुपैयाँ कायम गरेको छ ।
सिटिजन बैंकले २ अर्ब ५५ करोड रुपैयाँबाट ३५७ प्रतिशतले चुक्ता पुँजी बढाउँदै ११ अर्ब ६६ करोड रुपैयाँ कायम गरेको छ ।
एनआईशी एसिया बैंकले २ अर्ब रुपैयाँबाट ४७८ प्रतिशतले चुक्ता पुँजी बढाउँदै ११ अर्ब ५६ करोड रुपैयाँ कायम गरेको छ । प्रभु बैंकले ३ अर्ब २० करोड रुपैयाँबाट २५४ प्रतिशतले चुक्ता पुँजी बढाउँदै ११ अर्ब ३४ करोड रुपैयाँ कायम गरेको छ । सिद्धार्थ बैंकले २ अर्ब ३ करोड रुपैयाँबाट ४४० प्रतिशतले चुक्ता पुँजी बढाउँदै १० अर्ब ९६ करोड रुपैयाँ कायम गरेको छ । लक्ष्मी बैंकले २ अर्ब ३३ करोड रुपैयाँबाट ३५९ प्रतिशतले चुक्ता पुँजी बढाउँदै १० अर्ब ६९ करोड रुपैयाँ कायम गरेको छ ।
हिमालयन बैंकले ३ अर्ब ३३ करोड रुपैयाँबाट २२१ प्रतिशतले चुक्ता पुँजी बढाउँदै १० अर्ब ६८ करोड रुपैयाँ कायम गरेको छ । एनसीसी बैंकले २ अर्ब १ करोड रुपैयाँबाट ४१३ प्रतिशतले चुक्ता पुँजी बढाउँदै १० अर्ब ३१ करोड रुपैयाँ कायम गरेको छ ।
सानिमा बैंकले २ अर्ब ५५ करोड रुपैयाँबाट २८० प्रतिशतले चुक्ता पुँजी बढाउँदै ९ अर्ब ६८ करोड रुपैयाँ कायम गरेको छ । बैंक अफ काठमाण्डूले २ अर्ब १२ करोड रुपैयाँबाट ३५५ प्रतिशतले चुक्ता पुँजी बढाउँदै ९ अर्ब ६५ करोड रुपैयाँ कायम गरेको छ । नेपाल एसबीआई बैंकले ३ अर्ब ५ करोड रुपैयाँबाट २११ प्रतिशतले चुक्ता पुँजी बढाउँदै ९ अर्ब ४९ करोड रुपैयाँ कायम गरेको छ । सनराइज बैंकले २ अर्ब २३ करोड रुपैयाँबाट ३२५ प्रतिशतले चुक्ता पुँजी बढाउँदै ९ अर्ब ४८ करोड रुपैयाँ कायम गरेको छ । माछापुच्छ«े बैंकले २ अर्ब ७७ करोड रुपैयाँबाट २२७ प्रतिशतले चुक्ता पुँजी बढाउँदै ९ अर्ब ५ करोड रुपैयाँ कायम गरेको छ ।
सेन्चुरी कमर्शियल बैंकले २ अर्ब १२ करोड रुपैयाँबाट ३२६ प्रतिशतले चुक्ता पुँजी बढाउँदै ९ अर्ब ३ करोड रुपैयाँ कायम गरेको छ । नेपाल बंगलादेश बैंकले २ अर्ब ४३ करोड रुपैयाँबाट २७० प्रतिशतले चुक्ता पुँजी बढाउँदै ९ अर्ब रुपैयाँ कायम गरेको छ । एभरेष्ट बैंकले २ अर्ब १३ करोड रुपैयाँबाट ३१९ प्रतिशतले चुक्ता पुँजी बढाउँदै ८ अर्ब ९३ करोड रुपैयाँ कायम गरेको छ । सिभिल बैंकले २ अर्ब ८८ करोड रुपैयाँबाट २०० प्रतिशतले चुक्ता पुँजी बढाउँदै ८ अर्ब ६४ करोड रुपैयाँ कायम गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २४ करोड रुपैयाँबाट २८३ प्रतिशतले चुक्ता पुँजी बढाउँदै ८ अर्ब ५७ करोड रुपैयाँ कायम गरेको छ ।