May 16th, 2021

निषेधाज्ञा अवधिभर इमेलबाटै खाता नवीकरण गर्न बैंकर्स संघको आग्रह

बैंकिङ खबर । नेपाल बैंकर्स संघले निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संघले सम्बन्धित बैंकलाई इमेलमार्फत मुद्दती खाता नवीकरण गर्न भनेको छ । कुनै परिस्थितिवस इमेल गर्न नसकिएको अबस्थामा निषेधाज्ञा सकिएको ७ दिन सम्म मुद्दती नवीकरण गर्न सकिने विज्ञप्तिमा भनिएको छ । बैंकको वेभसाइट सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएकोले सोहीबाट समस्याहरु समाधान गर्न ग्राहकहरुलाई संघले आग्रह गरेको छ । कल सेन्टर सेवा उपलब्ध गराएर सेवा दिन पनि संघले बैंकहरुलाई अनुरोध गरेको छ । संघले सकेसम्म नगद कारोवार कम गर्न एवं रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानी हरु लगायतका कार्यहरु अनलाइनबाटै गर्न भनेको छ । संघले भुक्तानीको विषयमा पनि कार्डको प्रयोग तथा क्यूआर मार्फत भुक्तानी गर्न भनेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]