
बैंकिङ खबर । डेभलपमेन्ट बैंकर्स एशोसिएसनले सकेसम्म बैंक नआउन ग्राहकहरुलाई आग्रह गरेको छ । चालु बैंकिङ समय घटाउने निर्णय सँगै एशोसियसनले ग्राहकहरुलाई डिजिटल कारोबारमा जोड दिएको छ । एशोसिएसनले शुक्रबार जारी गरेको सूचनामा ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र सम्भव भएसम्मका अझ थप उपायहरु अवलम्बन गर्ने बताएको छ । सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउन एशोसिएसनले सबै डेभलपमेन्ट बैंकलाई आग्रह गरेको छ । केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई वर्क फ्रम होमको माध्यमबाट कार्य गराउन एशोसिएसनले आग्रह गरेको छ। एशोसिएसनले सम्पर्क व्यक्तिहरुमार्फत नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रहेर काम गर्न पनि अनुरोध गरेको छ ।