May 13th, 2021

बैकिङ सेवा स्थगित गर्न नमिल्ने नेपाल राष्ट्र बैंकको स्पष्टोक्ती

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा स्थगित गर्न नमिल्ने भन्दै सुरक्षित तवरबाट सेवा दिन बेंकवित्तलाई निर्देशन गरेको छ । बैंकिङ सेवा रोक्न नसकिने राष्ट्र बैंकले स्पष्ट पारेको हो । यसअघि प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं उपत्यकाभित्र बीमा र सहकारी क्षेत्रलाई सेवा स्थगित गर्न भनेपछि ती सेवा बन्द भइसकेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ सेवा स्थगित गर्ने विषयमा सोच्न नसकिनेले बताएका छन् । नेपाल राष्ट्र बैंकले बैशाख १९ गते दिएको ७ बुँदे निर्देशनको आधारमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बैंकवित्तले सेवा सुचारु गर्नुपर्ने छ । प्रबक्ता ढकालका अनुसार यस अघिको निर्देशन अनुसार बैंकवित्तले काम गर्नुपर्ने छ ।

यस्तो छ बैंकवित्तलाई राष्ट्र बैंकको निर्देशन

notice nrb aa

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]