May 14th, 2021

कर्जा थपीयो, व्यबसाय ठप्प : तिर्न नसक्दा कालो सूचिमा सूचिकृत !

बैकिङ खबर/ बैंकबाट ऋण लिएर काम गर्ने वा धितो राखेर ऋण लिनेहरु समस्यामा पर्दै गएको तथ्याकंले देखाएको छ । कर्जा सूचना केन्द्रले उपलव्ध गराएको तथ्याकंका अनुसार लिलामीको सूचिमा पर्ने ऋणीहरुको संख्या ह्वात्तै बढेको छ । ऋणीहरु कालो सूचिमा पर्नु लिलामीको प्रकृया सुरु हुनु हो । कर्जा तिर्न नसकेपछि कालोसूचिमा परेकाहरुलाई कोभिडको दोस्रो चरणको लहरले थप समस्या सृजना गर्ने देखिन्छ । बन्दाबन्दीका कारण उनीहरु तत्काल ऋण भुक्तानी गर्न सक्ने अबस्थामा देखिदैनन् । यस्तो अबस्थामा कालो सूचिमा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाले प्रकृयाका आधारबाट धितो लिलामी गर्नसक्छ । नयाँ बजेट र नयाँ मौद्रिक नीतिले कस्तो राहतको प्याकेज ल्याउँछ त्यसमा निर्भर रहने छ । अहिले कोभिडको दोस्रो चरणका कारण स्वास्थ्य नै प्रमुख कुरा बनेको छ । तर ऋण बोक्ने र व्यबसाय गर्न नपाउनेहरु भने कोभिड भन्दा पनि बन्दाबन्दीको समस्यालई ठुलो समस्याका रुपमा लिन्छन् । पछिल्लो समय घरजग्गा धितो राख्नेको संख्या बढेको पाइएको छ । कोरोना भाइरसको महामारीकै बीचमा पनि यसवर्ष घरजग्गा कारोबार बढेको हो । भूमी व्यवस्थापन विभागका अनुसार पुस महिनादेखि चैत महिना अर्थात् चार महिनाको अवधिमा घरजग्गाको कारोबार बढेको छ । 

कालो सूचिमा ५ हजार बढी

कर्जा सूचना केन्द्रका अनुसार २०७६ चैत ११ गते देखि २०७८ बैशाख १५ गतेसम्म ५ हजार ३२ जना ऋणी कालोसूचीमा परेका छन् । घरजग्गा कारोबारमा बैंकहरुले हरेक ३/३ महिनामा ऋणको ब्याज र किस्ता तिर्ने गरी सम्झौता गरेका हुन्छन् । ऋणीले ३ महिनामा तिनुपर्ने ब्याज र किस्ता एकपटक मात्रै तिर्न सकेन भने पनि कर्जा सुरक्षण केन्द्रमा स्वतः ‘डिफल्टर’को प्रक्रियामा जाने गर्दछ ।
त्यसपछि बैंकहरुले सीबीआईमा भएका आफ्ना त्यस्ता ऋणीहरुको सूची छनोट गरेर कालोसूचीका लागि सिफारिस गर्दछन् । अर्थात् बैंकहरुले डिफल्टर ऋणीहरुको सूचीबाट आफ्ना ऋणीहरुको नाम लिएर कर्जाको किस्ता र ब्याज नतिरेकाहरुको नाम कालोसूचीमा राख्न चिठी पठाउँछन् ।

एक पटक मात्रै पनि किस्ता तिर्न नसक्दा कालोसचीमा पर्ने अवस्था रहेकाले एक वर्ष एक महिना (१३ महिना) को अवधिमा ५ हजार बढी ऋणीहरु कालोसूचीमा परेका हुन् । हालसम्म ऋण लिएकामध्ये झण्डै ४० प्रतिशत ऋणीले घरजग्गा धितो कर्जा समयमै बुझाउन नसकेको पाइएको छ । चालु आर्थिक वर्षको साउनमा २६ हजार २०९ घरजग्गा बन्धक राखेर ऋण लगानी भएकोमा १९ हजार २०१ ऋणीले मात्रै समयमै किस्ता र ब्याज तिरेका थिए । भदौमा १८ हजार ७७९ धितो बन्दक राखिएकोमा ११ हजार ५९९ ऋणीले मात्रै धितो फुकुवा गराएका छन् । असोजमा ३६ हजार ४३६ घरजग्गा धितो बन्धकमा राखेर ऋण लगेकामध्ये आधाभन्दा कम १८ हजार ११८ ले मात्रै समयमै कर्जा तिरेर धितो फुकुवा गराएका छन् ।

मंसिरमा ५३ हजार २८१ घरजग्गा धितो बन्धकमध्ये ३२ हजार २६० धितो फुकुवा, पौषमा ६९ हजार १८२ धितो बन्धकमध्ये ४० हजार २६५ धितो फुकुवा र माघमा ६२ हजार ११६ धितो बन्धक राखिँदा ३८ हजार ३२० मात्रै धितो फुकुवा भएका छन् । फागुनमा ६४ हजार धितो बन्धक राखेर ऋण लगेकामध्ये ३६ हजार ९४२ ऋणीले धितो फुकुवा गरेका थिए भने चैतमा ७४ हजार ८७५ धितो बन्धक राख्नेहरुमध्ये ४१ हजार ९५८ ऋणीले मात्रै धितो फुकुवा गराएका छन् । कर्जा तिर्न नसकेपछि कालोसूचिमा परेकाहरुलाई कोभिडको दोस्रो चरणको लहरले थप समस्या सृजना गर्ने देखिन्छ ।

तत्काल ऋण भुक्तानी गर्न सक्ने अबस्था छैन

बन्दाबन्दीका कारण उनीहरु तत्काल ऋण भुक्तानी गर्न सक्ने अबस्थामा देखिदैनन् । यस्तो अबस्थामा कालो सूचिमा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाले प्रकृयाका आधारबाट धितो लिलामी गर्नसक्छ । नयाँ बजेट र नयाँ मौद्रिक नीतिले कस्तो राहतको प्याकेज ल्याउँछ त्यसमा निर्भर रहने छ । अघिल्लो बर्ष सरकारले केही राहत लएको थियो । त्यसका अतिरिक्त नेपाल राष्ट्र बेंकले व्यबसायीहरुलाई सरलीकृत गरेको थियो । जस कारण किस्ता, व्याज वा ऋण तिर्नका लागि विभिन्न क्षेत्रले सहज महसूस गरेका थिए । तथापी अहिले राष्ट्र बैंकले राहत ल्याउन सम्भावना कम देखिएको छ । अहिलेसम्म ऋणीको हकमा कुनै निर्णय नभएको राष्ट्र बैंकका एक अधिकारीले बताए । उनका अनुसार कोभिडको अबस्था कसरी अघि बढ्छ त्यसका आधारमा मौद्रिक नीतिले नयाँ कुरा ल्याउन सक्छ, तर तत्काल राहत आउने अपेक्षा छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]