May 12th, 2021

सहकारीलाई पूर्ण डिजिटलाइजेशन गर्नमा कानूनी अड्चन

बैंकिङ खबर/ सहकारी क्षेत्रका अगुवाहरुले हालको ऐन कानून सहकारी मैत्री हुन नसकेको बताएका छन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले स–सानो पुँजी परिचालन हुने हुँदा सहकारी क्षेत्रलाई आगामी बजेटले पनि सम्बोधन गर्ने अपेक्षा गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सहकारीमैत्री हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष कँडेलले आगामी वर्षको नीति, बजेट र कार्यक्रममा राख्नुपर्ने विषयलाई सहकारीको तर्फबाट आफुहरुले मागपत्रहरु पेश गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो क्षेत्रबाट अर्थमन्त्री, भूमी व्यवस्था सहकारी, गरिबी निवारणमन्त्री, सचिव र रजिष्टारहरु समक्ष आफ्ना मागपत्रहरु पेश गरिसकेका छौं । सहकारी क्षेत्रलाई डिजिटलाइजेशन गर्नका लागि भरपुर प्रयासहरु भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । तर केही कानुनी समस्याका कारण सहकारी क्षेत्र पछाडि परेको उहाँको भनाई छ । उहाँले सहकारीलाई क्लिरिङ हाउस तथा नेश्नल पेमेन्ट गेट वे सिस्टम देखि फोन ट्रान्सफर, एटिएमलगायतमा जोड्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष कँडेलले सहकारीलाई पुरै प्रविधिमैत्री बनाउनुपर्छ भनेर आह्वान पनि गरिएको बताउनुभयो । सहकारीहरु हिजोदेखि नै कम्प्युटरलाइजेशन गर्दै सफ्टवयरको माध्यमबाट विभिन्न खालका सेवाहरु अहिले पनि दिँदै आएको उहाँको भनाइ छ ।
कोभिड–१९ का कारण वित्तीय क्षेत्रमा डिजिटलाइजेशनको महत्वलाई झनै बढाएको अध्यक्ष कँडेलले बताउनुभयो ।
उहाँले सहकारी अभियानलाई डिजिटलाइजेशनतर्फ जानुको विकल्प नभएको पनि बताउनुभयो । उहाँले वित्तीय क्षेत्रलाई प्रविधिमैत्री बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । संघीय ऐन कानून सहकारी मैत्री नभएको उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाका अध्यक्ष परितोष पाैड्यालले कोर बैंकिङ सिस्टमभित्र डिजिटल बैंकिङका सबै विषयलाई राखेर नेफ्सकुन भित्र नयाँ टेक्नोजोटिको शुरुवात गरिएको बताउनुभयो । सबै किसिमका एकाउन्टिङ सफ्टवेयरले एक आपसमा अन्तरसहकारी कोरोबार भुक्तानी गर्न सक्ने विधि बनाएको उहाँले बताउनुभयो ।
उहाँले नेफ्सकुनले एपि आइकनेक्ट नेपाल भरिका सहकारीलाई दिने तयारी गरेको पनि बताउनुभयो । सहकारीलाई पूर्ण डिजिटलाइजेशन गर्नकालागिआफूहरु सक्रिय रुपमा लागेको उहाँको भनाई छ ।

सोही कार्यक्रममा नेशनल कोअपरेटर्स एलायन्सका सहअध्यक्ष गोविन्द शर्मा पौडेलले डिजिटलाइजेशनमा बैंक वित्तिय संस्थाले धेरै नै फड्को मारेको भएपनि सहकारी क्षेत्र केहीपछि परेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा कानूनी अड्चनहरुलाई समाधान गर्न मुख्य पहल गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारका ऐन कानूनले सहकारीलाई रोकेको भन्दै यस्ता ऐन कानूनलाई सुधार गरेर लैजानुपर्ने बताउनुभयो । सहकारी क्षेत्रमा सबैलाई आर्कषण गर्न डिजिटलाइजेशनको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ । कार्यक्रममा आयोजक संस्था मिडियाइन्टरनेसनलका अध्यक्ष माधव निर्दोष तथा सहकारी कर्मीहरु हरीप्रसादपाण्डे र जनार्जन सापकोटाले सहकारीहरुले डिजिटल सेवामा गति लिनुपर्नेमा जोड दिनुभएकाे थियाे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]