May 12th, 2021

आगामी जेष्ठ १३ गतेसम्म सहकारीका सबै सेवाहरु बन्द !

बैंकिङ खबर । कोभिड–१९ को तीब्र संक्रमणका कारण सहकारी क्षेत्र पनि बन्द हुने भएको छ । आगामी जेष्ठ १३ गतेसम्म सबै सहकारी बन्द गर्न सहकारी विभागले आग्रह गरेको छ । सहज परिस्थिति निर्माण नभएकाले सबै सहकारी संस्थाहरुलाई काम बन्द गर्न निर्देशन गरिएको हो । सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्र राज पौडेलद्वारा प्रेषित सूचनामा मुलुकभर क्रियाशील सहकारीलाई कोरोना भाइरसको दोश्रो लहर अन्यन्त संक्रामक भएकाले त्यसको नियन्त्रण गर्न र जनधनको थप क्षति हुन नदिन सहकारी सेवा बन्द गर्न भनिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]