Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

संसद्को विश्वास गुमाउनुअघि प्रधानमन्त्री ओली : डिजिटल नेपालको अठोट पूरा हुँदै छ

२०७८ बैशाख २७ गते

बैंकिङ खबर/  प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल बनाउने सरकारको अठोट पूरा हुँदै गएको बताउनुभएको छ । प्रतिनिधसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विगत तीन वर्षमा गरेका राम्रा कामहरुको फेहरिस्त प्रस्तुत गर्ने क्रममा डिजिटल अभियानलाई प्रमुख उपलब्धिका रुपमा उठाउनुभएको हो । यद्यपि, उहाँलाई संसदले विश्वास मत भने दिएन । प्रधानमन्त्री ओलीले पेस गर्नुभएको विश्वासको प्रस्ताव फेल भएसँगै उनको सरकार ढलेको छ ।

प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा जम्मा ९१ मत परेको छ । प्रस्तावको विपक्षमा १२४ मत र तटस्थमा १५ मत परेको छ । संसद्मा १२१ सिट भएको सत्तारुढ नेकपा एमालेका माधव नेपाल पक्षका करिब दुई दर्जन सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने भन्दै अनुपस्थित भएपछि सरकारको पक्षमा जम्मा ९३ मत आएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी नेकपा माओवादी केन्द्रलगायत दलले विश्वासको प्रस्तावको विपक्षमा मतदान गरे । निर्णायक शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टीका सांसद भने विभाजित देखिए । उनीहरुमध्ये १५ जना तटस्थ रहे भने बाँकीले प्रस्तावको विपक्षमा मत दिए ।

सरकारले डिजिटाइजेसनको क्षेत्रमा गरेको कामबारे प्रधानमन्त्री ओली (सम्पादित अंश) :
यो सरकारको पालामा डिजिटाइजेसनको क्षेत्रमा व्यापक काम भएको छ । हामी आफ्नो मोबाइलबाट घरमै बसेर आफ्नो जमिनको उत्पादकत्वसम्बन्धी सबै जानकारी प्राप्त गर्न सक्छौँ । त्यसरी हामीले डिजिटल म्यापिङ गरिसकेका छौँ । नागरिक एप बनाइसकेका छौँ जसबाट बैंकिङ कारोबार गर्न सकिन्छ । डिजिटल नेपाल बनाउने हाम्रो अठोटलाई प्राप्त गर्ने कोसिस गरिएको छ ।

विकासमा प्रविधिको प्रयोग गरिएको छ । सञ्चारमा प्रविधिको प्रयोगले ठूलो उपलब्धि हासिल भइसकेको छ । डिजिटल नेपालको सन्दर्भमा ४जी सेवा सबैतिर पु¥याइएको छ भने ५ जीको प्रयोग गरिरहिएको छ । आफ्नै मोबाइलमा आफ्नो जमिनको कित्ता हेर्न सकिन्छ । आफ्नो जमिन कहाँनिर हो, त्यसको आकार कस्तो छ, ती सबै हेर्न सकिन्छ र त्यसैमार्फत कारोबारहरु हेर्न सकिन्छ ।

कुनै कर तिर्नुप¥यो भने, मोबाइलको चार्चदेखि अनेक कुरा तिर्नका लागि भूमिकर तिर्नका लागि, लाइसेन्स रिन्यु गर्नका लागि कार्यालय वा अड्डा धाइरहनुपर्दैन, घरै बसेर हामी ती काम गर्न सक्छौँ । यसरी नेपाललाई एउटा प्रविधि प्रयोग गरिरहेको आधुनिक देशका रुपमा विकास गरिएको छ ।

Ad