Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘क्युआर कोडले कारोबारमा धेरै सहज बनाएको छ’

२०७८ बैशाख २६ गते

यज्ञप्रसाद अधिकारी
सञ्चालक, दुग्धजन्य पदार्थ खरिद–बिक्री (डेरी)

पसलमा क्युआर कोड राखेको ६ महिनाजति भयो । क्युआर कोड राख्दा धेरै कुरा सहज भएको छ । सामान किन्नलाई पर्समा पैसा बोकेको छैन भने पनि क्युआर कोडबाट तिर्न सकिन्छ । यसले निकै सहज हुन्छ । गोजीमा पैसा छैन भनेर आत्तिहाल्नुपर्दैन ।

अहिले प्रायः बैंकमा खाता नभएको मान्छे हुँदैन । प्रायः सबैले बैंकमा खाता खोलेर केही पैसा जम्मा गरेकै हुन्छन् । खाताबाट हामीले मोबाइलमा ट्रान्सफर गरेर क्युआर कोडमार्फत तिर्न सजिलो हुन्छ । नाम मिलेन कि, केही गडबड वा मिस्टेक पो भयो कि भन्ने पनि हामीलाई हुन सक्छ । तर, क्युआर कोड भइसकेपछि कोड भिडाएर तिरियो भने मिस्टेक हुँदैन । त्यसैले क्युआर कोड धेरै सहज हुने मैले महसुस गरेको छु ।

अहिले मान्छेहरू यसको प्रयोग गर्ने मनस्थितिमा पुगिसकेका छैनन् । त्यसले गर्दा नतिरिने पो हो कि, पैसा जाने पो हो कि भन्ने खालका मनस्थिति पनि धेरैको छ । मेरो विचारमा ४० प्रतिशतले यसमाथि विश्वास गरेजस्तो लाग्छ । मलाई भने धेरै विश्वास लाग्छ ।

क्युआर कोड नभए पनि हामीले विभिन्न विद्युतीय माध्यमबाट कारोबार गरेको धेरै वर्ष भयो । पसलहरूमा म आफू किन्न जाँदा पनि तपाईंहरूको क्युआर कोड छ कि छैन ? कहाँ राख्नुभएको छ ? भनेर सोध्छु र त्यसैमार्फत तिर्छु । सानो वा ठूलो सामान किन्दा पनि मैले यसरी नै तिरेको छु ।

प्रायः पैसा खातामा जम्मा हुन्छ । खातामा रहेको पैसा निकालेर तिर्नुभन्दा क्युआर कोडमार्फत तिरियो भने सहज हुन्छ । गोजीमा पैसा बोकेर हिँड्नुपर्दैन, पैसा खस्छ वा हराउँछ भन्ने डर पनि हुँदैन । बैंकिङ खबरले गरेको कुराकानीमा आधारीत 

Ad