राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको मुनाफा अघिल्लो वर्षको तुलनामा ८ दशमलव ९३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १७ करोड ६४ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
२ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा १ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा ९५ करोड ८३ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी १८ दशमलव ५० प्रतिशतले घटेर २२ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ भने खर्च ३६ दशमलव २७ प्रतिशतले घटेर ६ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बीमा शूल्कवापत कम्पनीले ८६ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी १ सय ३१ दशमलव ६३ रुपैया, मुल्य आम्दानीको अनुपात ५८ दशमलव ८४ गुणा, प्रति शेयर नेटवर्थ २ हजार ३ सय ३१ दशमलव ७७ रुपैया र तरलता अनुपात ३ दशमलव ४१ प्रतिशत रहेको छ ।