May 4th, 2021

बैंक, वित्तीय संस्थाका सवारी साधन सञ्चालनका लागि सीमित पास दिइने


बैंकिङ खबर/निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनका लागि सीमित पास दिइने भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकाय प्रमुखहरुसँगको छलफलले उक्त निर्णय गरेको हो । बैठकले बैंक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सीमित सवारी पास जारी गरी सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने निर्णय गरेको छ । बैंठकले निषेधाज्ञामा बैंकका केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने, सो को विवरण नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने निर्णय गरेको छ ।
यस्तै बैंठकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय मात्रै खोल्न पाउने निर्णय गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]