May 4th, 2021

अब बैंकका केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्र जनशक्ति


बैंकिङ खबर/निषेधाज्ञामा बैंकका केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले उक्त निर्णय गरेको हो ।  सो को विवरण नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने निर्णय गरिएको छ । बैंठकले बैंक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सीमित सवारी पास जारी गरी सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने निर्णय गरिएको छ । यस्तै बैंठकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय मात्रै खोल्न पाउने निर्णय गरेको छ । उपत्यकामा निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]