May 3rd, 2021

बैंकका ग्राहकलाई डिजिटल प्रयोग बढाउन चौतर्फी आग्रह

बैंकिङ खबर/ कोभिडको बढ्दो संक्रमण तथा जटिलतालाई लिएर नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतले बैंकका ग्राहकलाई डिजिटल प्रयोग बढाउन चौतफी आग्रह गरेका छन् । बैंकमा कार्यरत कर्मचारीमा पनि कोभिड बढ्दै गएका कारण समस्या उत्पन्न हुनसक्ने अबस्थालाई मध्यनजर गरेर सेवा लिन दिन उनीहरुको अपील छ । नेपाल राष्ट्र बैंकले सकेसम्म डिजिटलबाट सेवा दिन र लिन अनुरोध गरेको छ । भिडभाडलाई न्यूनिकरण गर्न भन्दै केन्द्रीय बैंकले बढीमा २० प्रतिशत कर्मचारी परिचालन गरेर सेवा दिन लगाएको छ । त्यस्तै बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एशोसियसनले पनि डिजिटल मार्फत सेवा प्रयोग गर्न उपभोक्ताहरुलाई आग्रह गरेका छन् ।

सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा दिनू’
राष्ट्र बैंकले संक्रमण जोखिमलाई ध्यान दिई सम्भव भएसम्म सेवाग्राहीलाई फेस टु फेस सेवाभन्दा विद्युतीय सेवा प्रदान गर्न निर्देशन दिएको छ ।राष्ट्र बैंकले महामारीको समयमा सूचना प्रविधिको अत्यधिक प्रयोग गरी अधिकांश बैंकिङ कारोबार विद्युतीय माध्यमबाट गर्नुपर्ने भएकाले यसबाट उत्पन्न हुन सक्ने जोखप्रति जनाखो रहन बैंकवित्तलाई सजग गराएको छ । विद्युतीय कारोबारमा प्रविधिको दुरुपयोग हुन सक्नेतर्फ सजग गराउँदै केन्द्रीय बैंकले जोखिम व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]