May 3rd, 2021

डिजिटल बैंकिङ मार्फत सेवा लिन डेभलपमेन्ट बैंकर्स एशोसिएसनको आग्रह


बैंकिङ खबर/डेभलपमेन्ट बैंकर्स एशोसिएन नेपालले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ मार्फत सेवा लिन अनुरोध गरेको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै हालको असहज परिस्थितिमा बैंकले यस्तो अपिल गरेको हो ।
भाइरसलाई नियन्त्रण गर्नका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधात्मक आदेश जारी गरिरहेको सन्दर्भमा एसोसिएसनले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको अक्षरश पालना गर्न विकास बैंकहरुलाई अनुरोध समेत गरेको छ ।
उक्त निर्देशनलाई मध्ये नजर गर्दै एशोसियसनका सदस्य विकास बैंकहरुले आफ्ना ग्राहकको सेवा प्रदान गर्नका लागि एशोसियसनको कार्य समितिले निम्नानुसारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

  • नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अक्षरश पालना गर्ने र कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिड्को असर पर्न नदिनका लागि संभव भए सम्मका उपाएहरुको अवलम्बन गर्ने ।
  • निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रही सेवा प्रदान गर्नका लागि प्रत्येक सदस्य बैंकले योजना बनाउने र उक्त योजना सदस्य बैंकहरु बीच समन्वयताका लागि आदान प्रदान गर्ने।
  • सेवा प्रदान गर्न खोलिने शाखा/बैकल्पिक शाखाहरुको सूची बैंकिङ् समय समेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेभसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाउने ।
  • स्थानीय प्रशासनले बैंकिङ् सेवा समेत प्रवाह गर्न रोक लगाएको वा बैकल्पिक व्यवस्था गरेको भएमा सोही अनुसार गर्ने ।
  • स्थानीय प्रशासन र अन्य निकायहरुसंग आवश्यक समन्वयको व्यवस्था मिलाउने ।
  • प्रत्येक सदस्य बैंकले प्रधान कार्यालयमा र शाखाहरुमा ग्राहकबाट लिइने जानकारी प्रदान गर्न र समन्वय गर्नका लागि सम्पर्क व्यक्ति तोकी उक्त सम्पर्क व्यक्तिको फोन नं. र इमेल आइडी बैंकको वेभसाइटमा प्रकाशित गर्ने ।
  • सदस्य बैंकले प्रधान कार्यालयमा २ जना वरिष्ठ पदाधिकारीहरुलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीहरुको नाम, मोवाइल नं., इमेल आइडी आदि एसोसियसनको सचिवालयलाई उपलब्ध गराउने ।
  • एशोसियसनको माध्यमबाट पहल गरी समाधान गर्नु पर्ने किसिमका कुनै समस्या आएमा अध्यक्ष/उपाध्यक्ष/अन्य कार्यसमिति पदाधिकारी वा सचिवालयमा यथाशिघ्र जानकारी गराउने ।
  • डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न ग्राहकहरुलाई उत्प्रेरित गर्ने र उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट सो सम्बन्धी जानकारी ग्राहकलाई गराउने ।
  • डिजिटल बैंकिङ् प्रडक्टहरुबाट गरिने बैंकिङ् कारोवारका प्रकृयाहरु र अपनाउनु पर्ने साबधानीका बारेमा पनि ग्राहकहरुलाई उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट जानकारी गराउने ।
  • डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार कारोवार गर्दा जोखिम पनि बढ्ने भएकाले जोखिम न्यूनिकरणका उपायहरु अवलम्बन गर्ने । जोखिम न्यूनकरण गर्नका लागि सदस्य बैंकहरुले लागू गरेका उत्तम अभ्यासहरु उपलब्ध गराउन मिल्नेसम्मको सीमा भित्र रही जानकारी गराइ एक अर्कालाई सहयोग गर्ने ।
  • अन्य कुराहरुको हकमा नेपाल राष्ट्र बैंकको निर्देशन तथा स्थानीय प्रशासन वा नेपाल सरकारको निर्णय र सम्बन्धित सदस्य बैंकको नीति नियमको परिधि भित्र रहेर कार्य गर्ने ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]