May 2nd, 2021

विप्रेषक र भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त विप्रेषक संस्थाहरु र भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई कोभिड १९ को संक्रमणबाट जोगिँदै सावधानीपूर्वक सेवाप्रवाह गर्न निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले आइतबार छुट्टाछुट्टै सूचना जारी गर्दै विप्रेषक र भुक्तानी सेवाप्रदायक संस्थाहरुलाई सावधानीका उपायहरुसहित निर्देशन जारी गरेको हो । यसअघि आइतबार नै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि पनि संक्रमणबाट बच्न निर्देशन जारी गरेको थियो ।

राष्ट्र बैंकले विप्रेषकका लागि ६ बुँदे र भुक्तानी सेवाप्रदायकका लागि ४ बुँदे निर्देशन जारी गरेको हो । निर्देशनमा महामारी सम्बन्धमा निर्धारित स्वास्थ्य मापदण्डको पालना गरेर मात्र सेवा दिने, सकेसम्म विद्युतीय कारोबारमा जोड दिने, २० प्रतिशतभन्दा कम कर्मचारीलाई मात्र कार्यालयमा बोलाएर सेवा प्रवाह गर्ने, विद्युतीय कारोबारका सम्भावित जोखिमप्रति चनाखो रही जोखिम व्यवस्थापनको व्यवस्था गर्नेलगायत विषय समेटिएका छन् ।

विप्रेषकका लागि जारी निर्देशन :

NRB direction to Remitance

भुक्तानी सेवा प्रदायकका लागि जारी निर्देशन :

NRB direction to Payment

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]