बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले यथाशक्य न्यून संख्यामा कर्मचारीलाई कार्यालयमा खटाई सुरक्षित सेवा प्रवाह गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले निषेधाज्ञा जारी भएका स्थानमा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारीको उपस्थितिमा सेवा प्रवाह गर्न निर्देशन दिएको छ । त्यस्तै, शाखा कार्यालयको हकमा भने बढीमा २५ प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन छ । कर्मचारीलाई सम्भव भएसम्म घरै बसेर काममा लगाउन ९वर्क फ्रम होम० केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले नजिकै शाखाहरु रहेको अवस्थामा न्यूनतम संख्यामा शाखाहरु सञ्चालनमा ल्याई वैकल्पिक शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्न बैंकवित्तलाई निर्देशन दिएको छ । यसक्रममा बन्द गरिने शाखा कार्यालयबारे सेवाग्राहीका लागि आवश्यक सम्पूर्ण सूचना कार्यालयको मूल ढोका, वेबसाइट तथा सामाजिक सञ्जालमा सम्पर्क व्यक्तिको फोन नम्बरसहित सूचना प्रवाह गर्नसमेत राष्ट्र बैंकले निर्देशन गरेको छ ।