May 2nd, 2021

नागरिक एपको शुभारम्भ : एपबाटै प्रधानमन्त्रीले खोले बैंक खाता

बैंकिङ खबर / प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल एप्लीकेशन नागरिक एपको शुभारम्भ गरेका छन् । सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नागरिक एपको उद्घाटन गरेका हुन् । उक्त एपबाट प्रधानमन्त्री ओलीले नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता पनि खोलेका छन् । सो एप हरेक नागरिकको विवरण राख्न मिल्ने तथा हरेक नागरिकले डिजिटल सेवा लिन मिल्नेगरी प्रयोगमा ल्याइएको हो ।

स्थायी लेखा नम्बर लिन, बैंक खाता खोल्न, सवारी साधनको कर तिर्न, केवाइसी अद्यावधिक गर्न, पुलिस क्लियरेन्स रिपोर्ट प्राप्त गर्न, स्वास्थ्य बीमा गर्न, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र शैक्षिक प्रमाणपत्रसम्बन्धी विवरण हेर्न सकिने सुविधा उक्त एपमा उपलब्ध छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]