Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्वारा २ अर्ब मुद्दती निक्षेपका लागि बोलपत्र आह्वान

२०७८ बैशाख १७ गते

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकले २ अर्ब २१ लाख मुद्दती निक्षेप लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरुसित बोलपत्र आह्वान गरेको छ । शुक्रबार आह्वान गरिएको बोलपत्रमा निक्षेप लिन इच्छुक मापदण्ड पुगेका बैंक तथा वित्तीय संस्थाहरुलाई सिलबन्दी दरभाउपत्रसम्बन्धी फारम भरी २१ वैशाख दिनको १ बजेभित्र वित्त व्यवस्थापन विभागमा पेस गर्न भनिएको छ ।

राष्ट्र बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी ३ सय ६५ दिन (एक वर्ष) का लागि मुद्दती निक्षेप गर्न लागेको हो । राष्ट्र बैंकको मुद्दती निक्षेप क वर्ग, ख वर्ग र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार गर्न सक्नेछन् । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५० लाख रुपैयाँका लागि भुक्तानी गर्न इच्छा गरेको ब्याजदरसहित बोलपत्र पेस गर्नुपर्नेछ ।

Ad