बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले डाटाबेस सर्भर, एप्लिकेसन सर्भर र टेस्ट सर्भर खरिदका लागि आह्वान गरेको बोलपत्र स्वीकृत गरेको छ । काठमाडौं ज्ञानेश्वरस्थित श्री ठकाल वान नेपाल प्राइभेट लिमिटेडले ३ करोड ११ लाख २० हजार ७ सय ८ रुपैयाँ ५० पैसामा सर्भर उपलब्ध गराउन गरेको बोलपत्र प्रस्ताव स्वीकृत भएको राष्ट्र बैंक, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले डाटाबेस सर्भर १ सेट, एप्लिकेसन सर्भर २ सेट र टेस्ट सर्भर १ सेट खरिदका लागि ११ चैत २०७७ मा गोरखापत्र राष्ट्रिय दैनिकमा पुनः बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको थियो । सो सूचनाबमोजिम पेस भएको ठकाल वन नेपालको बोलपत्र प्रस्तावलाई न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही ठहर गर्दै बैंकले स्वीकृतिका लागि छनोट गरेको हो ।