प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १४ करोड ८६ लाख ६८ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ५ करोड २६ लाख ९३ हजार रूपैयाँ बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले नाफा ९ करोड ५९ लाख ७५ हजार रूपैयाँ मुनाफा कमाएको थियो ।
३२ करोड ९० लाख ७३ हजार रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १० करोड ३१ लाख ९२ हजार रूपैयाँ रहेको छ । त्यस्तै, प्रभुको बीमा कोषमा २४ करोड ७७ लाख ९३ हजार रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा ३ करोड ७० लाख १२ हजार रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा प्रभुले बीमा शूल्कवापत ४४ करोड २३ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ भने १९ करोड ५० लाख ६१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४५ रूपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि २०७ रूपैयाँ पुगेको छ ।