नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७२–७३ मा करिब ५ करोड १४ लाख ७७ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड १३ लाख १६ हजार रूपैयाँले नोक्सानमा रहेको कम्पनी यसपटक आफ्नो वित्तीय अवस्थामा उल्लेखनीय सुधार गर्न सफल भएको हो ।
एक वर्षको अवधिमा बीमा शूल्कवापत कम्पनीले ४२ करोड २० लाख २८ हजार रूपैयाँ आर्जन गरेको छ । बिमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो । अघिल्लो वर्ष कम्पनीले ४३ करोड ९५ लाख नौ लाख रूपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, कम्पनीले ४३ करोड एक लाख ३२ हजार रूपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने ४२ करोड १९ लाख २८ हजार रूपैयाँ बराबरको दाबी रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । सो अवधिमा पुनर्बिमा कमिशनवापत कम्पनीले ७ करोड ८४ लाख ९ हजार रूपैयाँ आम्दानी गरेको छ । चुक्ता पुँजी २८ करोड ७६ लाख ८ हजार रूपैयाँ रहेको कम्पनीले जगेडा कोषमा १३ करोड ८४ लाख ६१ हजार रूपैयाँ राखेको छ भने बीमा कोषमा ७ करोड ८९ लाख ७८ हजार रूपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७.९० रूपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.६९ रूपैयाँ रहेको छ ।