Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

९ महिनामा ७७ हजार ऋणीलाई सहुलियत कर्जा, ५ अर्ब ६३ करोड ब्याज अनुदान

२०७८ बैशाख १४ गते

बैंकिङ खबर/  चालु आर्थिक वर्षको नौ महिनामा ७७ हजार १ सय ९६ ऋणीले सहुलियतपूर्ण ऋण पाएका छन् । नेपाल सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेट वक्तव्यमा घोषणा गरेबमोजिम प्रवाह गरिएको सो सहुलियतपूर्ण कर्जाका लागि ५ अर्ब ६३ करोड ब्याज अनुदान दिइएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको ६६औँ वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाबारेको वक्तव्यअनुसार २०७७ फागुन मसान्तसम्म ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ बमोजिम ५ वटा “क” वर्गका वाणिज्य बैंकमार्फत २० जना ऋणीलाई २० करोड ८७ लाख रुपैयाँ कर्जा प्रदान भएको छ ।

त्यसैगरी, शीतघर तथा खाद्यान्न भण्डारण घर स्थापना कार्यक्रमका लागि व्याज अनुदान मापदण्ड, २०७३ मा भएको व्यवस्थाबमोजिम हालसम्म विभिन्न ११ शीतघर तथा खाद्यान्न भण्डारणलाई २४ करोड ३६ लाख रुपैयाँ व्याज अनुदान प्रदान गरिएको गभर्नर अधिकारीद्वारा प्रस्तुत वक्तव्यमा उल्लेख छ ।

Ad