सेवा प्रवाहलाई निरन्तरता दिन राष्ट्रिय सहकारी महासंघको अपील

बैंकिङ खबर/राष्ट्रिय सहकारी महासंघले कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाहलाई निरन्तरता दिन सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई अपील गरेको छ ।

महासंघका अध्यक्ष मिनराज कडेंलले  सोमबार सात बुँदे अपील जारी गर्दै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालनाका साथै भौतिक दुरी कायम गरेर सदस्यहरुलाई बस्नु तथा सेवा प्रवाह गर्न आग्रह गर्नुभएको हो ।

यस्तै उहाँले सदस्य एवम् आम समुदायलाई कोभिड–१९ महामारी रोकथामका निमित्त माक्स, सेनिटाइजरको अनिवार्य प्रयोग, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कने लगायतका उपायहरुबारे जनचेतना अभिवृद्धि गर्न समेत आग्रह गर्नुभएको छ ।
यस्तै महासंघले सीमिति जनशक्तिबाट आलोपालो कार्यालय सञ्चालन हुने गरी सेवा प्रवाहलाई निरन्तरता दिन आग्रह गरेको छ ।

हेर्नुहोस्


सोसिअल मेडिया