Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘गुगल प्लस कोड’ राखी विवरण अद्यावधिक गराउन बैंकवित्तलाई राष्ट्र बैंकको निर्देशन

२०७८ बैशाख १३ गते

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ‘गुगल प्लस कोड’ राखी सेवाग्राहीको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै इजाजतप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई आफ्नो व्यवस्थापन सूचना प्रणाली तथा सेवाग्राहीको ठेगानामा प्लस कोडसहित विवरण अद्यावधिक गर्न–गराउन निर्देशन दिएको हो ।

यसअघि गोश्वारा हुलाक कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुलाई गुगल प्लस कोडको प्रयोग गराउन राष्ट्र बैंकसमक्ष अनुरोध गरेको थियो । हुलाक कार्यालयले २५ चैत ०७७ मा त्यस्तो अनुरोध गर्दै राष्ट्र बैकलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको हो ।

निर्देशन कार्यान्वयनका लागि राष्ट्र बैंकले हुलाक कार्यालयबाट प्राप्त स्ट्यान्डर्ड अपरेटिङ प्रसिजर ‘हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्यसञ्चालन प्रक्रिया २०७७’ समेत बैंकवित्तलाई उपलब्ध गराएको छ ।

हेर्नुहोस् राष्ट्र बैंकको निर्देशन र त्यसको कार्यान्वयनका लागि स्ट्यान्डर्ड अपरेटिङ प्रसिजर :

 

Ad