Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ बजेटका लागि पूँजीबजार फोरमको ७ बुँदे सुझाव

२०७८ बैशाख १२ गते


बैंकिङ खबर/उद्योग वाणिज्य महासंघ अन्तरगतको पूजीबजार फोरमले दीर्घकालीन र अल्पकालीन लगानीकर्तालाई लाग्ने पूँजीगत लाभकरमा संशोधन गर्नुपर्ने सहित ७ बुँदे सुझाव दिएको छ।

फोरमले अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत पुँजीगत लाभकर र दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पुँजीगत लाभकर लगाउने ब्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

फोरमले दीर्घकालीन लगानीकर्ताको परिभाषा समेत सुझाउँदै जुनसुकै प्रकारले सेयर प्राप्त गरेको दिनदेखि ३६५ दिनपछि बिक्री गर्नेलाई सम्झनुपर्ने प्रष्ट पारेको छ । ३६५ दिनअघि नै सेयर बिक्री गर्नेलाई भने अल्पकालीन लगानीकर्ताको परिभाषा राखी उनीहरुको हकमा ५ प्रतिशत नै पूँजीगत लाभकर कायम गर्न पनि भनिएको छ । 

 

Ad