२०७३ भाद्र १ गते

गुराँस लाइफ इन्स्योरेन्सको गज्जबको प्रगती : आम्दानी बढ्यो, खर्च घट्यो

gurashनिजी क्षेत्रको जीवन बीमा कम्पनी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा २ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय ३६ दशलमव ८६ प्रतिशतले बढोत्तरी भएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ९४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

५० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा कोषमा १८ करोड ५८ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ राखेको छ । एक वर्षको अवधिमा कम्पनीको आम्दानी २७ दशमलव २७ प्रतिशतले बढेर ४ करोड २८ लाख रुपैयाँ पुगेको छ भने खर्च १६ दशमलव ६६ प्रतिशतले घटेर २ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले बीमा शुल्कवापत ३ अर्ब १३ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ भने १२ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा दाबी भक्तानी गरेको जनाएको छ । सो अवधिमा १ लाख २३ हजार १ सय ३६ वटा बीमा लेख जारी गरेको कम्पनीले २ हजार ६ सय १ वटा बीमा दाबी भुक्तानी गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी ४ दशमलव ४७ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २ सय २१ दशमलव ६१ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३८ दशमलव ६७ रुपैयाँ रहेको छ ।