२०७३ भाद्र १ गते

किन घट्यो एभरेष्ट इन्स्योरेन्सको मुनाफा ?

everestनिजी क्षेत्रको निर्जीवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा २ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २८.२० प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

१० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा कोषमा १७ करोड ७ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा ४ करोड रुपैयाँ राखेको छ । एक वर्षको अवधिमा कम्पनीको आम्दानी २७ दशमलव १४ प्रतिशतले घटेर ५ करोड १३ लाख रुपैयाँ पुगेको छ र खर्च २३ दशमलव ३३ प्रतिशत घटेर २ करोड ३२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले बिमा शुल्कवापत १८ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ भने १२ करोड ६९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । सो अवधिमा कम्पनीले १३ हजार ६ सय ३४ वटा बीमा लेख जारी गरेको छ भने १ हजार ४२ वटा दाबी भुक्तानी गरेको छ ।

कम्पनिको प्रतिशेयर आम्दानी २७ दशमलव ७९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ८१ दशमलव ३३ गुणा र प्रतिशेयर नेटवर्थ ३ सय १७ दशमलव ०६ रुपैयाँ रहेको छ ।